कांग्रेसको बद्नाम गर्दै दुधौलीका मेयर, सर्वपक्षीय बैठकद्वारा खण्डन

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका वडा नम्बर १ ले मास्क वितरणमा कुनै घोटाला नगरेको जनाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् वडा नम्बर १ का वडाध्यक्ष गोविन्द पहाडी, वडा सदस्यहरू, विभिन्न समितिहरूका प्रतिनिधिसहितको सोमबार बसेको बैठकले मास्क वितरणमा कुनै घोटाला नगरेको निर्णय गरेको हो ।

नेकपाका नेता एवम् दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले वडा नम्बर १ मा २५ सय मास्क पठाएको र १ हजार मास्क गायब भएको भनेर आक्षेप लगाएपछि वडा नम्बर १ मा वडाध्यक्ष पहाडीसहित स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको बैठक बसेर आफूहरूलाई १५ सय मात्रै मास्क आएको बताएका हुन् ।

वडा नम्बर १ का वडा कार्यलयका सचिव हेरम्बराज अधिकारी र कम्युटर अपरेटर शान्तिप्रसाद अधिकारीले आफूहरूलाई १५ सय मात्रै मास्क नगरपालिकाबाट मेयरले पठाइदिएको बताएका छन् । उनीहरूले १५ सय मास्क बुझेको भरपाइ आफूहरूसँग सुरक्षित रहेको बताएका छन् ।

वडाध्यक्ष पहाडीसहितको बैठकले मेयर रावतले बिना भरपाई माक्स पठाएर चरित्रमाथि दाग लगाउन खोजेको भन्दै आपत्ति जनाएको छ । उनीहरूले मास्क वितरणमा भ्रम छरेको भन्दै मेयर र नेकपाविरुद्ध आपत्ति जनाएका छन् ।

बैठकले नेकपाका नेता समेत रहेका मेयर राउतलाई माक्सबारे वडा नम्बर १ को वडा कार्यलयमा नै आएर बुझ्न चेतावनी दिएका छन् ।

वडा नम्बर १ का वडासचिव अधिकारीले आफूले १५०० माक्स नै आएको भन्दै सबै माक्स टोल सुधार समितिमार्फत वितरण गरिएको सबै प्रमाण आफूसँग रहेको बताएका छन् ।

वडाअध्यक्ष पहाडीले आफन्तलाई र छिमेकीलाई मास्क वितरण गरेको भनेर नेकपा र मेयरले आरोप लगाएकोमा बैठकले खण्डन गरेको छ ।

वडा नम्बर १ को कार्यालले १५ सय मात्रै मास्क प्राप्त भएको भनिरहेका बेला मेयर राउतले विज्ञप्ति जारी गरेर २५ सय मास्क पठाएको दाबी गरेका छन् ।

Published : Monday, 2020 April 6, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया