कांग्रेस नेता शाहद्वारा कृष्णानगर बोर्डरका प्रहरीलाई थर्मामिटर प्रदान

कृष्णानगर । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले शरीरको तापक्रम नाप्ने दुई वटा थर्मामिटर प्रहरीलाई उपलब्ध गराएका छन् ।

शनिबार सांसद शाहले कृष्णानगरस्थित बोडरको सुरक्षाका लागि बसेका प्रहरीलाई नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरूसहित भारतीयको तापक्रम जाँच्नका लागि दुई वटा थर्मामिटर निःशुल्क उपलब्ध गराएका हुन् ।

नेपाल–भारत बोर्डरबाट कोरोना भाइरसका संक्रमितहरू नेपाल भित्रन नपाउन् भनेर सांसद शाहले ती उपकरणहरू उपलब्ध गराएको जनाएका छन् ।

कांग्रेस नेता शाहले तापक्रम नाप्ने उपकरणहरू भारतको नयाँदिल्लीबाट मगाएर कृष्णानगरको लिंकगेट प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।

कपिलवस्तु जिल्ला क्षेत्र नम्बर ३ का सांसद शाहले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणहरूलाई अपील गरेका छन् ।

उनले भारतबाट आउने व्यक्तिहरूसँग दूरी बनाउने र साबुनपानीले पटक पटक हात धुने, गाउँमा सम्भव भएसम्म स्यानिटाइजरको प्रयोग गर्ने लगायतका विषयमा ध्यान दिन अपील गरेका छन् ।

Published : Saturday, 2020 March 21, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया