भारतलाई हराएर गोल्ड मेडल जित्ने धोको अधुरै रह्योः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ, क्याप्टन, राष्ट्रिय फुटबल टिम

नेपालको राष्ट्रिय फुटबल टिमले गोल्ड मेलडल जितेर १३औँ दक्षिण एसियाली खेलकुदमा इतिहाँस रचेको छ । फुटबलले ठूलो खुसी दिएको छ । अहिले पनि नेपालीहरूले फुटबलको खुसी विर्सिन सकेका छैनन् । खेलाडीहरूलाई एउटै अवस्थामा राखेर गोल्ड मेलड जित्नुमा टिम क्याप्टनको ठूलो भूमिका रहन्छ । नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टन सुजल श्रेष्ठसँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश –

नेपाली फुटबलमा नेपालले ठूलो खुसी दिएको छ । १३ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेको छ । यसमा कसको योगदान छ ?

योगदान सबैको छ । फुटबल एउटा टिम गेम हो । टिमको खेलाडी मात्रै नभएर म्यानेजमेन्टदेखि सबैको योगदान हुन्छ । एन्फा, सरकार सबैको योगदान छ ।

तपाई नेपाली टिमको क्याप्टन । गेम जित्छु भन्ने लागेको थियो कि थिएन ?

अवस्य पनि टिम क्याप्टन भएपछि जित्ने आशा हुन्छ । जित्नको लागि खेल्ने हो । हामी हार्नका लागि खेल्छु भनेर मैदानमा उत्रिएका हुँदैनौँ । हामी सफल पनि भयौँ ।

यस पटक नेपालले भारतसँग खेल्न पाएन । किन होला ?

भारत कारणबस १३औँ सागमा नआएको हो । भारतमा घरेलु लिगहरू भइरहेको छ ।

भुटानलाई जित्नुभयो ? कसरी जित्नुभयो ?

टिमको कुशल योजना र खेलाडीहरूले ठीक समयमा गोल हान्न सफल भए । त्यसपछि जित्यौँ ।

भुटान कमजोर भएर हो कि ? वा अरु नै कारणले भुटानलाई नेपालले जितेको हो ?

फुटबल राम्रो टिमले जित्ने हो । खेल जहिले पनि राम्रो टिमले जित्छ भन्ने पनि छैन । भुटनाको भन्दा हामीले अलिक राम्रो प्रदर्शन गरेका थियौँ ।

खेलाडी नेपालका राम्रा कि भुटानका ?

त्यो त भन्न मिल्दैन । हामीले भन्ने पनि होइन । भुटानभन्दा नेपालका खेलाडी धेरै राम्रा छन् ।

एन्फामा नयाँ नेतृत्व आएको छ । पहिला गणेश थापा हुनुहुन्थ्यो । नयाँ अध्यक्ष आएका कारणले त्यसको प्रभावले स्वर्ण पदक जितेको हो कि ?

त्यसरी भन्न मिल्दैन । गणेश थापाले पहिला देखिनै एन्फा एकेडेमीमा संलग्न भएको हो । गणेश थापाले पहिला देखिनै एन्फामा राखेर खेल्न पाइयो । अहिलेसम्म हामीले आफूलाई एन्फाको उत्पादन भन्छौँ । गणेश थापा नहुँदा रिजल्ट आएको छ । गणेश थापा भएको भए यस पटक जित्न पनि सकिन्थ्यो होला ।

नेपाली टिममा सबैभन्दा राम्रो खेल्ने खेलाडी को हो ?

टिममा सबै ११ जना नै राम्रो छन् । मैले तोकेर भन्न मिल्दैन ।

सरकारले दिने भनेको नगद पुरस्कार टिमले पाउने हो कि सबै खेलाडीले व्यक्तिगत पनि पाउनु हुन्छ ?

सरकारले नगद पुरस्कार व्यक्तिगत रुपमा ९ लाख रुपियाँ दिने भनेको छ । हामी टिम खेलाडीहरूलाई सबैलाई प्रतिव्यक्ति पाँच–पाँच लाख दिने हो ।

त्यो त अन्याय भयो नि ?

ठीकै छ जति पयौँ राम्रो भयो । हामी पैसाको लागि खेलेको होइन ।

भारतसँग खेल्न नपाउँदा कस्तो महशुस भएको छ ?

भारतसँग खेल्न पाउनु पर्ने थियो । तर, हामीलाई केही फाइदा पुगेको छ । भारत भएको भए खेल अझै रोमाञ्जक हुने थियो । भारतलाई जितेर गोल्ड मेडल लिन पाएको भए अझै खुसी थपिने थियो ।

Published : Thursday, 2019 December 26, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया