काठमाडौं उपत्यकाभित्रका डीएसपीहरूको सरूवा

काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षकहरू (डीएसपी)को सरूवा भएको छ ।

सरूवा हुनेमा साईबर व्यूरो काठमाडौंका डीएसपी यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमारविक्रम थापा रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरूवा भएको छ ।

Published : Friday, 2019 December 20, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया