चौवीस एसपीहरूको सरूवा, प्रचण्डका पूर्वअंगरक्षकलाई आकर्षक अड्डा (नाम)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षकहरू (एसपी)को सरूवा गरेको छ ।

प्रहरी मुख्यालयले रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमखलाई तानेको छ ।

रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ ।

रौतहटमा रविराज खड्का पठाइएका छन् । चितवनमा गंगा पन्तको सरूवा भएको छ ।

चितवनमा कार्यरत प्रहरी उपरीक्षक दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्व अंगरक्षक एसपी मल्ललाई आकर्षक मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरूवा गरिएको छ ।

मल्ल डीएसपी हुँदा राजनीतिक पावर लगाएर दरबारमार्गको प्रहरी प्रमुख भएका थिए । त्यसपछि उनको बढुवा भयो ।

बढुवा हुनेवित्तिकै राजनीतिक पावर लगाएरै एसपी मल्ल प्रचण्डको गृहजिल्ला चितवन सरूवा भए । एसपी मल्ल जहाँ जहाँको ईञ्चार्ज भएका छन् त्यो ठाउँमा विवादमा तानिदै आएका छन् ।

धनुषाका शेखर खनाल प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् । धनुषामा रमेशकुमार बस्नेतको सरूवा भएको छ ।

झापामा कार्यरत दिनेश मैनालीको एक नम्बर प्रदेश प्रहरी दंगा गण सुनसरी सरूवा भएको छ ।

झापामा कृष्ण कोइरालाको सरूवा भएको छ । रवि पौडेल काभ्रे, सुशीलसिंह राठौर मकवानपुर, श्यामकुमार महतो प्रदेश ट्राफिक कार्यालय बारामा सरुवा भएको छ ।

एसपी विश्वमणि पोखरेलको सर्लाही, रविन्द्र रेग्मी धादिङ, मुकेश सिंहको महानगरीय अपराध महाशाखामा सरूवा भएको छ ।

Published : Friday, 2019 December 20, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया