कांग्रेसले कम्युनिस्टलाई काठमाडौंबाटै लगाइदियाे धक्का

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कारण जनतामा वितृष्णा बढी रहेका बेला नेपाली कांग्रेसप्रति आकर्षण बढ्न थालेको छ ।

कम्युनिस्ट सरकारको अलोकप्रियताका कारण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर पछिल्ला दिनमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका नेकपा र राप्रपाका थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कम्युनिस्टको किल्लाका रुपमा चिनिएको सिन्धुपाल्चोक जिल्लामा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेस रोजेका छन् । सिन्धुपाल्चोकमा नेकपालाई ठूलै धक्का लागेको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकका नेकपा र राप्रपा परित्याग गरेका एक सयभन्दा धेरैलाई पार्टीमा प्रवेश गराएका छन् ।

काठमाडौंको तीनकुनेस्थित रेयल व्याङ्केटमा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई देउवाले स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा नेकपा र राप्रपाका जिल्ला नेतादेखि जनप्रतिनिधिका उम्मेदवारसम्म नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार बस्ने संसद अधिवेशनको तयारी र केन्द्रीय समिति वैठकको तयारीमा जुटेका सभापति देउवा निकै हत्तरोमा देखिन्थे ।

पार्टी प्रवेश कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सभापति देउवाले भने नेपालका सबै तानाशाहलाई ठेगान लगाउँदै आएको नेपाली कांग्रेसले कम्युनिष्ट सत्ताको रवैया कांग्रेसका लागि सह्य हुने कुरै भएन ।

लोकतान्त्रिक शासन व्यवस्थकाको सुनिश्चितताका लागि कांग्रेस जस्तोसुकै बलिदान गर्न तयार छ । आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने पनि सभापति देउवाले दाबी गरेका छन् ।

नवप्रवेशीलाई कांग्रेमा भित्र्याउँदै सभापति देउवाले कम्युनिष्ट र अन्य राजनीतिक दलप्रति जनताको वितृष्णा बढेको बताएका थिए ।

सभापति देउवाले नवप्रवेशीहरुलाई पार्टी भित्र सम्मानजनक भूमिका दिने आश्वसन दिए ।

सत्तारुढ दल नेकपाको कामकावहीप्रति असन्तुष्टि जनाउँदै सिन्धुपाल्चकोकाका नेकपा र राप्रपाका एक सयभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशीहरूको सम्मान, सुरक्षा र उचित भूमिका दिन आफू सदैब लागि पर्ने प्रतिवद्धता केन्द्रीय सदस्य बस्नेतले जनाएका थिए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले कार्यक्षमताका आधारमा नवप्रवेशीहरूलाई पार्टीमा भूमिका दिने बताएका थिए ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पार्टीमा एकतावद्ध भएर अघि बढे कांग्रेस कहिल्यौं पराजित नहुने धारणा राखे ।

राप्रपाका जिल्ला कोषाध्यक्ष रामकुमार तामाङ (निमा दोर्जे) विप्लवका जिल्ला सचिवालय सदस्य एवं पूर्व जनमुक्ति सनाका प्लाटुन कमाण्डर रेशम पौडेल, युवा संघका पूर्व जिल्ला सचिव विश्वराज गुरुङ, गोरखबहादुर कार्की, शेरबहादुर लामा, युवकध्वज सापकोटालागयत एक सयभन्दा बढी विभिन्न राजनीतिक दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

कम्युनिष्ट राजनीति लागेवापत जेलनेत विताएका र श्रीमति समेत गुमाएका रमेश पौडेलले कम्युनिष्ट सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर कांग्रेसमा प्रवेश गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, प्रदेश सांसद निमा लामा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालगायतका जिल्ला नेताहरूको उपस्थित थिए ।

Published : Thursday, 2019 December 19, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया