डीआईजी पोखरेललाई मेट्रोको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा डीआईजी विश्वराज पोखरेललाई जिम्मेवारी दिएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीको सरुवा भएपछि पोखरेललाई जिम्मेवारी दिइएको हो ।

थापाको एक वर्षे कार्यकाल पूरा भएपछि सरुवा भएको थियो । थापाको ठाउँमा पोखरेललाई खटाइएको छ । पोखरेल यसअघि प्रहरी हेडक्वाटरमा प्रवक्ता थिए ।

बुधबारको गृह मन्त्रिस्तरीय निर्णयबाट सरुवा गर्ने निर्णय भएको छ । क्षेत्रीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

थापाले यसअघि पनि प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र केही प्रदेश प्रहरी प्रमुखको सरुवा गर्ने तयारी गरिएको छ । गृह मन्त्रालयले दुई जना डीआईजीको मात्र सरुवा गरेको छ ।

Published : Wednesday, 2019 December 18, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया