देउवाले नेकपा र राप्रपाका कार्यकर्ताहरू पार्टीमा भित्र्याउने

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका दुई सयभन्दा धेरै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आयोजनामा बिहीबार काठमाडौंको तीनकुनेमा हुने कार्यक्रम नेकपा र राप्रपाका २ सयभन्दा धेरै नेता एवम् कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूले पार्टीमा भित्र्याउने कार्यक्रम छ ।

बिहीबार दिउँसो साढे दुई बजे काठमाडौंको तीनकुनेस्थित रोयल व्याङ्केटमा पार्टी प्रवेकको कार्यक्रम हुनेछ ।

सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभामा नेकपाले जितेको छ । यो जिल्लालाई कम्युनिस्टहरूको गढका रुपमा चिनिन्छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग जनताको वितृष्णा बढी रहेका बेला नेकपा र राप्रपा छाडेर दुई सय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

Published : Wednesday, 2019 December 18, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया