कांग्रेसको बैठक सिंहदरबारमा बोलाइयो
काठमाडौं । संसदको अधिवेशन शुरु हुनुभन्दा एक दिन अगाडि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो साढे १ बजे बस्नेछ ।
बैठकमा संसदमा कम्युनिस्ट सरकारले संविधानको मर्म र भावना विपरित ल्याएका विधेयकहरूको कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानले दिएका अधिकारको प्रतिकुल हुने गरेर विशेष सेवा ऐनलगायतका विधेयक संसदमा दर्ता गराएको छ ।
नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध संसदको बैठकमा कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।
नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसदमा नियमित उपस्थित भएर जनताका समस्याहरूका बारेमा धारणा राख्न निर्देशन दिनेछ ।
कम्युनिस्ट सरकारबाट जनताहरूले दुःख पाएको भनेर आरोप लगाउँदै आएको नेपाली कांग्रेसले आफूलाई कठोर रुपमा प्रस्तुत गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया