ग्रीनवीच नेपाली सोसाइटीका सल्लाहकार र ब्रिटिश सांसदबीच अन्तर्क्रिया

लण्डन । दक्षिणपूर्वी लण्डनका नेपालीहरूको साझा संस्था रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस)ले आफ्ना नवनियुक्त सल्लाहकार र नवनिर्वाचित ब्रिटिश सांसद अविना ओपोंग असारेलाई सम्मान गरेको छ ।

आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित ब्रिटिश सांसद असारेले भर्खरै सम्पन्न ब्रिटिश संसदको निर्वाचनमा नेपाली समुदायले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

आरजीएनएस लगायतका संघ संस्थाले ब्रिटिश समाज र नेपाली समुदायमाझ गरिरहेको कार्यको प्रसंशा गर्दै आफू आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको बताइन् ।

स्थानीय काउन्सिलर म्याथ्यु मरो र इरिथ तथा थेम्समिड निर्वाचन क्षेत्रका लेबर पार्टीका अध्यक्ष पिटर बेकरले काउन्सिल र लेबर पार्टी नेपाली समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने लगायतका कुरामा सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

संस्थाकी अध्यक्ष्य शर्मिला हिराचनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष्य जित रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष्य हरि गोविन्द गुरुङले नेपाली भाषाको कक्षा सञ्चालन लगायतका संस्थाका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।

महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष्य कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार मोहन गुरुङ, एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराई लगायतले संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

आरजीएनएसले ग्रीनवीच र वरपर विभिन्न पेशा र स्थानीय नेपाली संघ संस्थाका अध्यक्ष्य र प्रतिनिधिहरूलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

एनआरएनए युकेका पूर्व महासचिव कर्ण शाही, पूर्व आइसीसी सदस्य विनोद ज्ञवाली, एनसीसी सदस्य ह्यारी गुरुङ, बुद्ध फाउण्डेशनका अध्यक्ष एवम् एनआरएनए इंगल्याण्ड राज्यपरिषदका अध्यक्ष्य दीपक श्रेष्ठ, चार्ल्टन नेपाली समाजका अध्यक्ष्य कृष्ण खरेल, पशुपति हिन्दु मन्दिरका अध्यक्ष नरेन्द्र कँडेल, नेप्लीज युथ एसोसिएसनका अध्यक्ष लक्षमन गुरुङ, प्रतिभा नक्षत्रकी अध्यक्ष्य सिम्मी पुन, सोसाइटी अफ नेपाली हाइली स्किल्ड प्रोफेश्नल अध्यक्ष शेखर वाग्ले, क्याट युकेका अध्यक्ष जीवन सेन, संस्थाका संस्थापक प्रमुख सल्लाहकार एकाउन्टेन एलएन पाण्डे एवम् मिडियाका तर्फबाट पत्रकार विपिन निरौला लगायत उपस्थित सल्लाहकारहरूलाई सांसद असारे र संस्थाकी अध्यक्षबाट स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित एनआरएनए आइसीसी सदस्यहरू अर्कराज तिमिल्सिना एवम् सुरज मास्के, एनसीसी सदस्य प्रकाश कँडेल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुब अर्याल, संस्थाकी सचिव ज्योत्सना बस्नेत लगायत कार्यसमिति सदस्य र दिदीबहिनी समूहका समाजसेवी महिलाहरूलाई उनीहरूले सहकार्य र सहयोगको प्रशंसा गर्दै सम्मान गरिएको थियो ।

आरजीएनएसका उपाध्यक्ष्य एवम् एनआरएनए युकेका नवनिर्वाचित सचिव जित रानाभाटले कार्यक्रमको उदेश्यका बारेमा प्रष्ट पारेका थिए ।

साउथ इस्ट लण्डन क्षेत्रबाट एनआरएनआइसीसी सदस्यहरू, युकेका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

Published : Wednesday, 2019 December 18, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया