कोहलपुर तनाबग्रस्त, स्थानीयले जलाइदिए ट्रक

कोहलपुर । बाँके जिल्लाको कोहलपुरमा ट्रकले स्कुले बच्चा कुल्चिएपछि स्थिति तनावग्रस्त भएको छ ।

आइतबार बिहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा अध्ययनरत छात्रालाई ठक्कर दिएपछि गम्भीर घाइते भएकी हुन् ।

घटनापछि आक्रोशित भएका स्थानीय र स्कुलका विद्यार्थीले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गरेका छन् ।

स्थानीयले आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।

भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड अश्रुग्याँस फायर गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घटनापछि कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Published : Sunday, 2019 December 8, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया