गायिका गिरीले पाइन् प्रशंसा पुरस्कार

काठमाडौं । गायिका भूमिका गिरीले सातौँ रापती म्युजिक अवार्डमा पाएकी छिन् ।

गायिका गिरीलाई ‘माया कै पिरलो’ बोलको गीतमा ‘वर्षको प्रशंसा पुरस्कार’ पाएकी हुन् । पुरस्कार पाएपछि उनले रापती समाजलाई धन्यावाद दिएकी छिन् ।

गीत बनाउन सहयोग गर्ने आफ्ना टिमहरूलाई पनि गायिका गिरीले धन्यावाद दिएकी छिन् ।

लोक तथा दोहोरी गीतमा राम्रो पहिचान बनाएकी गायिका गिरी लोकप्रिय गायिका हुन् । उनको धेरै गीतहरू दर्शक स्रोताहरूबाट रुचाइएका छन् ।

Published : Wednesday, 2019 September 25, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया