शालिकराम पुडासैनीका कारण एकजनाको हृदयघातबाट निधन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले युवती लैजान कोठा भाडामा लिएका घरबेटीको ‘हृदयघात’बाट निधन भएको छ ।

शालिकराम पुडासैनीका कारण प्रहरीले दिनदिनै घरमा खानतलासी गर्न थालेपछि घरधनी तारानाथ अधिकारीको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

लगातार खानतलासीका लागि प्रहरी आउन थालेपछि छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका ९० वर्षीय अधिकारीलाई हृदयघात भएको परिवारजनले बताएका छन् ।

सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो ।

९० वर्षको उमेरमा पनि स्वस्थ रहेका अधिकारी निरन्तर खानतलासीका लागि प्रहरी घरमा आउन थालेयता तनाबमा परेका पारिवारिक स्रोतले जनाएको छ ।

शालिकराम पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका थिए ।

घरधनीका अनुसार प्रायः जसो शनिबारका दिन प्रेमिका लिएर शालिकराम पुडासैनी उक्त कोठामा पुग्ने गरेका थिए ।

यसअघि,

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गलफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग काठमाडौंको बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न छुट्टै कोठा लिएको समाचार नागरिक दैनिकले छापेको छ ।

टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।

प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो ।

पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताएका छन् ।

प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन ।

महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताएका छन् ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ ।

पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको छ ।

पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताएकी छिन् ।

पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए ।

पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए ।

पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए । कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन् ।

पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ । उनले प्रतिमहिना चार हजार रुपियाँ तिर्दै आएका थिए ।

पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंमा बस्ने अस्मिता कार्कीका कारण आफूले आफू ज्यान दिन बाध्य भएको

आरोप लगाउँदै गरेको भिडियो रेकर्डले हँगा मच्चाइ रहेका बेला पुडासैनीको नयाँ काण्डको पर्दाफास भएको छ ।

पुडासैनीको भिडियोका कारण लामिछाने, कँडेल र कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् ।

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १२ अनुसार ज्यान दिन दुरुत्साहन गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2019 August 27, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया