दुईतिहाइको कम्युनिस्ट सरकारलाई राजकिशोर यादवको झट्का लाग्ने चेतावनी

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक राजकिशोर यादवले प्रधानमन्त्री खड्गप्रसाद ओलीले विपक्षी दलहरूलाई विश्वासमा लिएर अगाडि बढ्न नचाहेको आरोप लगाएका छन् ।

काठमाडौंको अनामनगरमा आइतबार बिहान पत्रकारहरूसँगको अनौपचारिक कुराकानीका क्रममा संयोजक यादवले बेलाबेला प्रधानमन्त्री ओलीसहित सरकारका जिम्मेवार व्यक्तिहरूले विपक्षी दलसँग परामर्श गरेर अगाडि बढ्दा सत्तासञ्चालनमा सहयोग मिल्ने बताए ।

उनले भने, ‘लामो समयदेखि सरकारको नेतृत्व लिएको सत्तापक्षले वार्ता र संवाद गर्न चाहेको छैन ।’

‘प्रधानमन्त्रीसंग कुनैपनि औपचारिक संवाद भएको छैन । वार्ताको लागि पहल गर्न सरकारी पक्षको बढी जिम्मेवारी हुनुपर्छ’, उनले भने, ‘बेला बेला औपचारिक रुपमा कुरा गर्नुपर्छ । लामो समय भयो कुरा नभएको’, उनले भने, ‘सात–आठ महिना भइसक्यो कुरा नभएको । वार्ता हुँदा संसदीय समस्यादेखि दलीय गतिविमा समस्या पर्छ ।’

‘प्रधानमन्त्री ओलीले राजनीतिक सहमति गरेर जानुपर्छ । परराष्ट्रको नीति नियम, संविधान जारी भएपछिको पहिलो सरकार भएकाले ओलीजीले वार्ता र सम्वाद तथा सहकार्यलाई जोड दिनुपछ ।’

‘बजेट निर्माण अगाडि सहमति गरेको भए सरकारलाई नै सहयोग मिलाउने थियो’, उनले भने, ‘तराईमा बाढी आयो । राष्ट्रिय प्रकोप भा
‘सहमतिका लागि सबैले पहल कदमी गर्नुपर्ने थियो ।’

दुईतिहाइको दम्भले सरकारी पक्षले विपक्षी दलले बेवास्ता गर्दै आएको छ’, राजपाका संयोजक यादवले भने, ‘दललाई विश्वासमा लिएर अगाडि बढ्दा सरकारलाई नै फाइदा हुने हो । बैचारिकरुपले मत विभन्नता भएपनि राष्ट्रलाई निकास दिन भूमिका खे्लनुपर्ने हो कसैले भूमिका खेलेनन् ।’

Published : Sunday, 2019 August 18, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया