कांग्रेसले सहकारी काण्ड उठाएपछि लामिछानेले पाकिस्तानी र रुसी मोडलको प्रतिशोधको राजनीति थाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएपछि संसदीय छानविन समितिको माग भइरहेका बेला रास्वपाले प्रतिशोधको राजनीति अगाडि सारेको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रास्वपाका सांसद मनीष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारमाथि लाञ्छना लगाउने गरेर अभिव्यक्ति दिएका छन् । झाले आफ्नो सभापति लामिछानेका ठगी लगायतका कर्तुतहरु लुकाउन कांग्रेस सभापति देउवामाथि गम्भीर प्रहार गरेका हुन् ।

रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेले बार्गेनिङ, राजनीतिक प्रतिशोधको राजनीति गरेर आफ्ना कर्तुतहरु लुकाउन खोज्छन् भन्ने कुरा सबैलाई थाहा थियो । त्यो पनि हुन थालेको छ । लामिछानेले मनीष झा जस्ता भाइरसलाई बोल्न लगाएका छन् । कांग्रेसलाई रास्वपाका सभापति लामिछाने र उनको गिरोहले कुन हदसम्म पुगेर के के गर्छ भन्ने कुराको जानकारी छ । कांग्रेसले बिगारेको छैन र, डराएको छैन ।

सहकारीको करोडौं रकम अपचलन र ठगीबाट बच्न सभापति एवम् गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवा र उनको परिवारमाथि लगाएको लाञ्छनाबाट कांग्रेस डराउँदैन । आफ्ना अपराध लुकाउन लामिछानेल गरेको निकै तल्लोस्तरको हर्कत र राजनीतिलाई कांग्रेसले बुझेको छ । अब लामिछाने गलेका छन् । उनले धम्कीको राजनीति गर्न लागेका छन् । जब मानिस समाप्त हुन्छ त्यसपछि उपाय सक्किएपछि यसरी नै धम्कीको राजनीति गर्छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेबारे संसदीय छानविन समितिको माग गरेको छ ।

कांग्रेसले संसदीय छानविन समितिको माग गरेपछि डराएको रास्वपा र त्यसका सांसदहरुले सभापति एवम् गृहमन्त्री लामिछानको दास बनेर जथाभावी बोल्न थालेका छन् । रास्वपाका सांसद र नेताहरु बरबराउन थालेका छन् ।

अहिले आएर गृहमन्त्री लामिछने सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा फस्ने भएपछि रास्वपाका सांसद झाले सहकारी ठगीमा संसदीय छानविन समिति नबन्ने बरु कांग्रेस सभापति देउवा र उनको परिवारमाथि रिसइबी साँधेर तल्लोस्तरको अभिव्यक्ति दिएका छन् ।

सांसद झाले सभापति देउवाकी पत्नी समेत रहेकी कांग्रेस सांसद डा.आरजु राणा देउवा र जयवीर देउवाका विरुद्ध लाञ्छना लगाउने गरेर अभिव्यक्ति दिएका छन् । रास्वपाले यसरी प्रतिशोधको राजनीति अगाडि बढाएपछि मुलुकमा पाकिस्तान र रुसको शैलीमा अगाडि बढ्न लागेको संकेत मिलेको छ ।

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने भगवान होइनन् । उनीमाथि प्रश्न उठ्दैमा छानविन नै हुनु हुँदैन भन्ने मानसिकता निरंकुश छ । उनीहरुले प्रतिशोध साँध्न जथाभावी बोल्न थालेपछि उनीहरुको औकात र हैसियत बाहिर आएको छ ।

गृहमन्त्री लामिछानेको दोहोरो नागरिकता र राहदानी काण्ड के हो ? मनीष झाहरुलाई थाहा छ कि छैन ? सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको थाहा छ कि छैन ? पहिला त मनीष झाका सभापति लामिछानेका बारेमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? सरकारमा बसेर प्रश्न उठाउने प्रमुख प्रतिपक्ष दलमाथि नै राजनीतिक प्रतिशोध राख्न पाइन्छ ? यदि प्रतिशोधको राजनीति गर्ने हो भने सरकार छाडेर सडकमा आएर यस्ता तल्लो तहको अभिव्यक्ति दिनुपर्छ ।

सत्तामा बसेर बार्गेनिङको राजनीति गर्न सुहाउँदैन । सभापति एवम् गृहमन्त्री लामिछाने मात्रै होइन निच अभिव्यक्ति दिन मनीष झाको कर्तुतहरु पनि बाहिर आउनुपर्छ । एनजिओ र आइएनजिओमा बसेर करोडौँ कुम्ल्याएको कुराहरु पनि बाहिर आउनुपर्छ ।

एमालेका अध्यक्ष केपी ओलीको उक्साहटमा लागेर रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछाने र मनीष झाहरुले जे गरेका छन् त्यो राजनीति होइन । यो त अपराध हो । बार्गेनिङ हो । उनीहरु राजनीतिक प्राणी होइनन् ।

Published : Thursday, 2024 May 16, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया