‘रअ’का प्रमुखले गोप्य भेटेसँगै ओली–दाहालले एक साथ देश छाड्दै

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एनलाईसीस वींग्स (रअ)का प्रमुख सामन्तकुमार गोयलले एक हप्ता अगाडि नेपालको गोप्य भ्रमण सकेर नयाँदिल्ली फर्किएको अर्को हप्त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई ठूला शीष नेताले देश छाडेर विदेश भ्रमणमा जाँदै छन् ।

नेकपाका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साथ देश छाडेर विदेश भ्रमणमा जान लागेका हुन् ।

‘रअ’का प्रमुख गोयलले ओली र दाहाललाई गोप्य रुपमा भेटेका थिए । तर, दुई तिहाइको कम्युनिस्ट सरकारले ओलीले ‘रअ’का प्रमुख गोयललाई भेटेको कुरा लुकाएका छन् ।

ओली र दाहाल क्रमशः सिंगापुर र दुबई भ्रमणमा निस्किन थालेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् ।

ओली ७ दिनका लागि निजी उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।

दाहाल मंगलबार दुवई भ्रमणमा जाने भएका छन् । दाहाल परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् ।

दाहालको दुवई भ्रमणको उदेश्य घुमघाम रहेको उनीनिकट स्रोतले जनाएको छ ।

केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर ओली र दाहाल विदेश भ्रमणमा जान लागेका हुन् ।

स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ ।

सोमबार बसेको सचिवालय बैठक पनि दुई सातापछि बस्नेगरी विना निश्कर्ष टुंगिएको छ ।

Published : Monday, 2019 July 29, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया