हैसियत भुल्ने न्यायाधीशहरूलाई कारबाही, सपनाले छानविन गर्ने

काठमाडौं । न्याय परिषदले उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा गर्नुका साथै तीन जना न्यायाधीशहरूलाई कारबाही गरेको छ ।

न्याय परिषदको आइतबारको बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको स्रोतले जनाएको छ ।

सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेलको सरुवा भएको छ ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा भएको छ ।

प्रादेशिक क्षेत्राधिकार मिचेर गोर्खा बु्रअरीको राजश्व छलीसम्बन्धी मुद्दामा बदनियतपूर्वक आदेश गर्ने उच्च अदालत पोखराका न्यायाधीशहरूलाई कारबाहीका लागि छानविन शुरू गरिएको छ ।

छानविनमा पर्ने न्यायाधीशहरूमा रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाही रहेका छन् । उनीहरूलाई न्यायपरिषदले कारबाही गरी छानबिन थालेको स्रोतले जनाएको छ ।

न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

Published : Monday, 2019 July 29, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया