कांग्रेस र राजपासँग महरा डराएकाे प्रमाण छताछुल्ल, कम्युनिस्टहरूकाे व्यवहारले दिक्क

काठमाडौं । माग पूरा नभएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधि सभाको बैठकमा नारावाजी गर्दै रोष्टम घेराउ गरेका छन् ।

नेपाली कांग्रेस र राजपा नेपालले संसद बैठक शुरू हुनेवित्तिकै सोमबारको बैठकमा नारावाजी र घेराउ गरेका थिए । त्यसपछि साभमुख महराले बैठक स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपा नेपालले नाराबाजीसहित रोष्टम घेराउ गरेपछि बैठक स्थगित भएको हो ।

सर्लाहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु शंकास्पद भएको भन्दै नेपाल कांग्रेस र राजपा नेपालले संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

उनीहरूले सर्लाही घटनामा मानवअधिकार हनन् भएको दाबी गर्दै आएका छन् ।

संसदमा प्रतिपक्षी दलहरूले मानवअधिकार हननको छानबिन र संसदीय सर्वोच्चता माग गर्दै नारा लगाए पनि उनीहरूको मागको कुनै सुनुवाइ भएको छैन ।

सभामुख महराले नाराबाजीका कारण संसद अवरूद्ध भएका बेला संसदीय सर्वोच्चता कायम हुन नसक्ने बताएका थिए ।

महराले पटक पटक बस्न आग्रह गरे पनि प्रतिपक्षी दलहरूले नाराबाजी गरेका थिए ।

बैठकको सुरूआतमै प्रतिपक्षी सांसदहरू उभिएका थिए । उभिएका सांसदहरूलाई बसे मात्र सभामुखले समय दिने बताएका थिए ।

महराले उभिएको अवस्थामा समय नदिने रुलिङ गर्दै कार्यसूची अगाडि बढाउने बताए लगत्तै रोष्टममा नाराबजी सुरू भएको थियो ।

सभामुख महराले प्रतिपक्षीले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्नका लागि आग्रह गरेका थिए ।

‘थाक्नुभयो होला । आसनमा बस्नुहोला’, महराले भने । महराले नाराबाजीको अडियो काटेका थिए । महराकाे याे व्यवहारकाे नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले विराेध जनाएका छन् ।

मुलुकमा दुइतिहाइकाे कम्युनिस्ट सरकार छ । सभामुख महरा पनि सत्तारूढ नेकपाका नेता हुन् । महराकाे व्यवहार निस्पक्ष हुन नसकेकाे नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । खाँणले महरालाइ सबैकाे सभामुख बन्न चेतावनी दिएका छन् ।

आफू बोल्ने बेला मात्र उनले माइक अन गरेका थिए । उनले धेरै सांसदले अवरोधका कारण बोल्न नपाएको भन्दै उनीहरूको अधिकार हनन् नगर्न कांग्रेस सांसदलाई सचेत गराए ।

‘धेरैले बोल्न पाउनु भएको छैन । के यसले उहाँहरूको अधिकार हनन् भएन यसले’, महराले भने, ‘मफेरि एकपटक अनुरोध गर्न चाहन्छु ।’

‘आफ्नो विचार राख्न पाउनु भएको छैन’, महराले भने, ‘के यो अधिकारको हनन् भएन । छलफलको वातावरण बनाउनुहोस् । आसन ग्रहण गर्नुस् ।’

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले झण्डै ४५ मिनेट नाराबाजी गरेका थिए ।

सभामुख महराले आगामी बैठक बस्ने सुनिश्चितता गर्न प्रतिपक्षीलाई आसनबाटै आग्रह गरेका छन् । महराले संसदको बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

Published : Monday, 2019 July 29, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया