कांग्रेस–राजपाको प्रस्तावमा ओलीकै दलकाे समर्थन, सकारलाई झट्का

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संयुक्त रुपमा राष्ट्रिय सभामा दर्ता गराएको बाढी, पहिलो र डुबानसम्बन्धी प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समर्थन जनाएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र राजपा नेपालले संयुक्त रुपमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा नेकपाले समर्थन जनाएको हो । नेकपाले समर्थन जनाएसँग कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तनाव बढाइदिएको छ ।

बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार, राहत र पुनस्र्थापना छिटो गर्न दवाव पर्नेछ । प्रतिनिधि सभामा सोही विषयमा जरुरी नेपाली कांग्रेस र राजपा नेपालले स्थगन प्रस्ताव दर्ता गराउँदा संसद सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा नेकपाका सांसद खिमलाल भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्ष दल राजपा नेपालको जरुरी महत्वको प्रस्तावमा समर्थन जनाएका हुन् ।

जरुरी सार्वजनिक प्रस्तावमा समर्थन जनाएकोमा नेकपाका सांसद भट्टराईलाई धन्यावाद समेत दिइएको थियो ।

बैठकमा नेकपाकै सांसदहरूले सरकारले समयमा उचित रुपमा उद्धार र राहत वितरण गर्न नसकेको भन्दै आलोचना गरे । नेपाली कांग्रेस र राजपाका सांसदहरूले पनि बाढी, पहिरो र डुबानमा परेकाहरूलाई अविलम्ब उद्धार र राहत वितरण गर्न माग गरे ।

Published : Friday, 2019 July 19, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया