विश्वकप क्रिकेटको फाइन हेर्न लर्डसमा देखिए गगन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन् ।

लर्डसमा आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन् ।

‘न्यूजिल्याण्ड र इंग्लयाण्डको फाइनल खेल हेर्ने अवसर मिल्यो’, थापाले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु । म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु ।’

आइतबार राति भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको छ । उसले पहिलो पटक उपाधि जितेको हो ।

नेपाली कांग्रेसका युवा नेता थापा बेलायतको भ्रमणमा छन् । दुई दिन अगाडि उनी लण्डन प्रस्थान गरेका हुन् ।

Published : Monday, 2019 July 15, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया