कांग्रेस नेता महर्जनद्वारा ललितपुरका पीडितलाई सहयोग गर्न अपील

ललितपुर । अविरल वर्षाका कारण ललितपुर जिल्लामा ६ जनाको ज्यान जाने गरेर भएको मानवीय र धनजनको क्षतिप्रति नेपाली कांग्रेस ललितपुरका महासमिति सदस्य एवम् प्रदेश सभाका उम्मेदवार मीनकृष्ण महर्जनले दुःख व्यक्त गरेका छन् ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव समेत रही सकेका महर्जनले आइतबार विज्ञप्ति जारी गरेर बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका आफन्तलाई प्रतिपरिवार कम्तीमा दश लाखका दरले राहतको माग गरेका छन् ।

‘नेपाली कांग्रेस ललितपुरले सरकारसँग मृतकका परिवारलाई कम्तिमा प्रतिपरिवार दश लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछु’, उनले भनेका छन्, ‘साथै मृतकको आत्माको चीर शान्तिको निम्ति गहिरो प्रार्थना गर्दछु ।’

उनले शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेका छन् । ‘यस दुःखद् घडीमा मृतक परिवारलाई राहत स्वरुप प्रतिपरिवार कम्तिमा दश लाख वितरणको लागि सरकारसंग जोडदार माग गर्दछु ।’

‘यो दुःख एवम् विपत्तिको घडीमा मृतक परिवारका साथसाथै बाढी र पहिरोबाट पीडित सबै परिवारमा पुग्ने गरी जीवानयापनका लागि आवश्यक सहयोग गर्नुपर्छ’, उनले भनेका छन्, ‘ललितपुर क्षेत्र नम्बर १ का जनप्रतिनिधि लगायत नेपाली कांग्र्रेसका सबै तह र तप्काका ललितपुर तरुण दल, विद्यार्थी संघ र महिला संघ साथीहरूमा समेत हार्दिक अपील गर्दछु ।’

ललितपुर कांग्रेसका युवा नेता महर्जनले ०७२ सालमा गएको भूकम्पमा प्रत्यक गाउँ–गाउँमा पुगेर १ करोडभन्दा धेरैको लात्ता, कपडा, जास्ता, पाल र खाद्यन्न सामान वितरण गरेका थिए ।

महर्जन ललितपुरमा लोकप्रिय मानिन्छन् । महर्जन ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’तर्फबाट नेपाली कांग्रेसले टिकट दिएको थियो ।

अन्तर्घातका कारण उनी झिनो मतले पराजित भएका थिए । कांग्रेस नेता महर्जनले बाढी पहिरोबाट मृत्यु भएका आफन्तलाई व्यक्तिगत रुपमा सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

Published : Sunday, 2019 July 14, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया