राहत तथा उद्धारमा खटिन तरुण दलको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले अविरल वर्षाका कारण देशभरि जनधनको क्षति भएकोमा चिन्ता जनाउँदै उद्धार तथा राहत वितरणमा खटिन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

नेपाल तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाइँले शनिबार विज्ञप्ति जारी गरेर बाढी र पहिरोपीडितहरूको उद्धारमा खटिन तरुण दलका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

‘अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित बन्न पुगेको छ । बाढी र पहिरोले २८ जनाभन्दा धेरैले ज्यान गुमाइ सकेका छन्’, उनले भने, ‘पीडितहरूको उद्धार र राहतमा खटिन अपील गर्दछु ।’

बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित बनेको छ ।

Published : Saturday, 2019 July 13, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया