प्रकृतिले नै भत्काइदियो भारतको दादागिरि, डुबान घट्न थाल्यो

गौर । रौतहट जिल्लास्थित नेपाल–भारत सिमानाको दशगजामा भारतले बनाएको बाँधलाई बाढीले भत्काइदिएको छ ।

बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ । प्रकृतिले नै भारतलाई झापड दिएको छ ।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरू बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।

भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् ।

बाँधमा भएका ढोकाहरू नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गर्दै आएका थिए ।

पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए ।

Published : Saturday, 2019 July 13, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया