सिंहदरबारको पर्खाल भत्कियो

काठमाडौं । वर्षाका कारण सिंहदरबारको पर्खाल भत्किएको छ । लगातारको वर्षाका कारण सिंहदरबारको पूर्वीगेट छेउको पर्खाल भत्किएको हो ।

सिंहदरबार पूर्वपट्टिको उक्त गेट शुक्रबार बिहान ढलेको प्रत्यक्षदर्शीले बताए । पर्खाल ढलेपछि केही समय सडकमा आवातजावतमा अबरोध भएको थियो ।

सिंहदरबारको पर्खाल भत्किदा मानवीय क्षति भएको छैन ।

काठमाडौं उपत्यकामा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ ।

Published : Friday, 2019 July 12, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया