युवती राम्री देख्दा सेनाका जवानले मन थाम्न सकेनन्, भयाे दुर्घटना

काठमाडौं । २३ वर्षीया विवाहित महिलाको नक्कली प्रेमजालमा परेपछि नेपाली सेनाका जवान हरिबहादुर कार्कीले साढे चार लाख गुमाएका छन् ।

दोलखा सैलुङ–५ का कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् ।

उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको फेक आइडीबाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् ।

आफ्नो ओपन हार्ट सर्जरी गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपियाँ लिएको प्रहरीले जनाएको छ ।

सेनाका जवान कार्कीलाई अर्की एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्वीकार गरे । उनको कुराकानी नयाँ युवतीसँग पनि हुन थाल्यो ।

कुराकानीकै क्रममा युवतीले आफू संगीता बस्नेतको घरबेटी भएको बताइन् । युवतीसँग उनी अझ नजिकिए ।

कुराकानीकै क्रममा ती युवतीले संगीता गम्भीर बिरामी भएको र उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको बताइन् ।

युवती नर्भिक छिर्ने गेटमै भेटिइन् । भेट्न डाक्टरको स्वीकृति लिनुपर्ने भन्दै दुई घन्टा कुराइन् । पछि भेट्न नमिल्ने डाक्टरको सल्लाह रहेको उनले भनिन् ।

सहयोग गर्न भन्दै लिएर गएको डेढ लाख रुपियाँ युवतीको हातमा राखिदिए । निराश हुँदै उनी घर फर्किए ।

भोलिपल्ट फेरि प्रेमिका भेट्न उनी अस्पताल पुगे । यसपटक पनि उनले भेट्न सकेनन् । तर, रकम भने कहिले आइएमई गरेर पठाउँथे । कहिले युवतीको हातमा राखेर पठाउँथे ।

प्रेमिका अब बाँच्न नसक्ने खबर उनले युवतीमार्फत थाहा पाए । भावुक बनेका उनले प्रेमिकाका फोटो राखेर नयाँ फेसबुक आइडी बनाउने निधो गरे ।

स्वीकृतिका लागि युवतीलाई सोधे । उनले हुन्छ भनिन् । लगत्तै कार्कीले युवतीको फोटो राखेर फेसबुक आइडी बनाए । हुनेवाला श्रीमती भन्दै आइडीमा भावना पोख्न थाले ।

त्यसको केही दिनपछि उनलार्ई प्रहरीको फोन आयो । अनुसन्धानका लागि भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु बेलाइयो ।

सोधीखोजी गर्दा बल्ल पो थाहा पाए, प्रेमिका आवरणमा गफ गर्ने र आफूलाई घरबेटी भन्दै प्रेमिकाबारे वर्णन गर्ने युवती आफ्नै गाउँकी संगीता बस्नेत भुजेल रहिछिन् ।

प्रेमजालमा परी रकम ठगी गर्न उनले फेक आइडी बनाएकी रहिछिन् । जसमा फोटोसमेत अर्कै युवतीको राखेकी रहिछिन् ।

फोटोको दुरुपयोग भएको भन्दै ती युवती उजुरी लिएर प्रहरीमा पुगेपछि मात्रै यी रहस्य बाहिरिन पुग्यो ।

नेपाली सेनाका जवान कार्की काठमाडौंमै ड्युटी गर्छन् । अविवाहित उनी सामाजिक सञ्जालमा रमाउँदै थिए ।

दुईबीच निरन्तर कुरा हुन थाल्यो । फोन नम्बर आदान–प्रदान भए । अब कुराकानी फोनबाट पनि हुन थाल्यो । दुईबीच अन्तरंगका सबै कुराकानी भए ।

कार्की युवतीसँग भिडियो कल गर्न चाहन्थे, तर, उनी सधैँ टारिरहन्थिन् । फेसबुक र फोनमा भने घन्टौँ गफिन्थे ।

Published : Wednesday, 2019 June 26, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया