दर्शकलाई उदितका छोरा आदित्यले दिए ठमेलको निम्तो

काठमाडौं । गायक उदितनारायण झाका छोरा आदित्यनारायण झा काठमाडौं आउने भएका छन् ।

ठमेलको क्लव फरेन हाइटको कार्यक्रममा सहभागी हुन आदित्य नेपाल आउने लागेका हुन् ।

जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाडौंको ठमेलमा रहेको क्लब फरेन हाइटमा लाइभ प्रस्तुत हुनेछन् । उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएका छन् ।

आदित्यले भिडियो सन्देश मार्फत आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु ।’

आदित्यले नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो समेत दिएका छन् ।

क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश गर्नका लागि दर्शकले १ हजार र १५ सयको टिकट काट्नुपर्नेछ ।

आयोजकले आदित्यको नेपालमा राम्रो क्रेज देखेर नै ल्याउन लागेको बताएको छ ।

Published : Wednesday, 2019 June 26, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया