पोखरामा वीपीको शालिक नजिकैको सडक भासियो

पोखरा । पोखराको प्रमुख व्यापारिक केन्द्र चिप्लेढुंगा चोकको सडक भासिएको छ ।

पोखरा–४ चिप्लेढुंगाको वीपीको शालिक पछाडिको बीच सडक शनिबार बिहान भासिएको हो ।

सडकमाथि करीब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको स्थानीयले बताएका छन् ।

वडा नम्बर ४ का वडायक्ष शंकर बाँस्तोलाले डोजर ल्याएर भासिएको खाडल खन्दा पहिले हिलो माटो र पछि पानी निस्किएको जानकारी दिए ।

बाँस्तोलाले खानेपानीको पाइपबाट पानी लिक भएर बाटो भासिएको हुन सक्ने अनुमान गरेका छन् ।

यसअघि पोखराका केही स्थानमा जमिन भासिएकाले कुनै ठाउँमा सानो जमिन भासिदा पनि सर्वसाधारणले महत्वका साथ लिने गर्छन् ।

Published : Saturday, 2019 June 15, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया