बैतडीमा भारतले भूमेश्वर माध्यमिक विद्यालयको भवन बनाइदिने

काठमाडौं । भारतद्वारा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएको छ ।

पाटन नगरपालिकाका मेयर गौरीसिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा नेपालको बैतडी जिल्लाको पाटन नगरपालिका–४ मा निर्माण हुने श्री भूमेश्वर माध्यमिक विद्यालयको विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिने भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ ।

बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

पाटन नगरपालिकाका मेयर रावलले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

बैतडीको पाटन नगरपालिकास्थित श्री भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ ।

Published : Sunday, 2024 May 12, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया