कम्युनिस्टहरूको उदगमस्थलमा डा.कोइराला र गगनले भित्र्याए नेकपाका सयौँ कार्यकर्ता (तस्वीर)

प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र गगन थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

प्यूठान जिल्लाको बिजुवारमा मंगलबार आयोजित कार्यक्रममा नेकपा र जनमोर्चा नेपालका ६ सय ४५ जना नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कम्युनिस्टहरूको उद्गमस्थलका रुपमा परिचित प्यूठानमा नेकपा र जनमोर्चामा पहिरो गएको हो ।

नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेलको अग्रसरतामा नेकपा र जनमोर्चाका नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टी छाडेर नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।

नेपाली कांग्रेसको संगठन बनाउन केन्द्रीय सदस्य द्वय डा.कोइराला र थापा प्यूठानसहितका जिल्लाको भ्रमणमा छन् । उनीहरूले नेकपा र जनमोर्चा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई पार्टीमा उचित स्थान दिने प्रतिवद्धता जनाएका छन् ।

प्यूठान जिल्लाका मोहन विक्रम सिंह, मोहन वैद्यलाई कम्युनिस्ट पार्टीका गुरु मानिन्छ । बामदेव गौतम, लीलामणि पोखरेलसहितका कम्युनिस्ट पार्टीका नेताहरूको यो जिल्लामा नेपाली कांग्रेस बलियो बन्दै गएको छ ।

Published : Tuesday, 2019 June 11, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया