धादिङका कांग्रेसका नेता बुर्लाकोटीको निधन

काठमाडौं । नेपाली कांग्रेसले धादिङ कांग्रेसका राजाराम बुर्लाकोटीको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरेर बुर्लाकोटीको निधनले पार्टीलाई क्षति भएको जनाएका हुन् ।

धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गाउपालीका वडा नं. २, सल्यानटार निवासी नेपाली कांग्रेसका कृयाशील सदस्य ५३ वर्षीय बुर्लाकोटीको उपचारका क्रममा मंगलबार काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो ।

बुर्लाकोटीको असामयिक निधनले नेपाली कांग्रेसलाई दुखित भएको शोक वक्तव्यमा उल्लेख छ ।

स्वर्गीय बुर्लाकोटी नेपाल शिक्षक संघमा आवद्ध रही शिक्षा क्षेत्रमा समेत योगदान पु¥याउनुका साथै नेपाली कांग्रेसले सञ्चालन गरेको हरेक आन्दोलनमा सकृय सहभागिता जनाएका थिए । उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् ।

बुर्लाकोटीको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वर्गीय बुर्लाकोटीको पार्थिव शरीरमा नेपाली पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

बुर्लाकोटीले पार्टीमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति नेपाली कांग्रेस श्रद्धाञ्जलि अर्पण गरेको जनाएको छ । नेपाली कांग्रेसले शोक सन्तप्त परिवारप्रति समवेदन पनि प्रकट गरेको छ ।

Published : Tuesday, 2019 June 11, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया