हिन्दूधर्मको रक्षा गुठीको जग्गाबाट गर्नु हुँदैनः गंगा चौधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको बचाउ गरेकी छिन् ।

संसदको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गठी विधेयकको भ्रण हत्या गर्न खोजेको आरोप लगाइन् ।

‘गुठी विधेयक फिर्ता लिनु हुँदैन । दुई तिहाइको सरकार पछाडि हटनु हुँदैन’, उनले भनिन्, ‘गुठीको जमिनसँग हजारौँ जोताहा किसानहरूको भविष्य जोडिएको छ । उनीहरूको भविष्यका साथै छोराछोरीको पनि भविष्य जोडिएको छ ।’

नेकपाकी सांसद चौधरीले भनिन्, ‘कांग्रेसले गुठीको जग्गा जोत्नेहरूको भविष्यसँग खेलेको छ ।’

‘गुठी विधेयकले सामन्तवादको अन्त्य गर्नेछ’, उनले भनिन्, ‘मुलुक धर्म निरपेक्षतामा गइसकेको छ । हिन्दु धर्मको रक्षा गुठीको जग्गाबाट गर्नु हुँदैन ।’

Published : Tuesday, 2019 June 11, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया