दाङको जंगलमा पति–पत्नी लुटिए

घोराही । दाङ जिल्लामा अपरिचित समूहले अन्सार अन्सारी र उनकी पत्नीको साथमा रहेको नगद, गहना र मोबाइल लुटेका छन् ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डमा पर्ने जंगलमा उनीहरूलाई लुटपाट गरिएको प्रहरीले जनाएको छ ।

सोमबार राति नेपालगञ्ज निवासी अन्सारी र उनकी पत्नीलाई बीच जंगलमा रोकेर ५ जना युवाको समूहले लुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र सामसङ कम्पनीको मोबाइल र गरगहना लुटपाट गरेको छ ।

अन्सारी दम्पतीले लुटेरा समूहले आफूहरूलाई हातपात समेत गरेको बताएका छन् ।

बाँकेदेखि दाङको तुलसीपुरतर्फ रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा आइरहेका अन्सारी दम्पतीलाई बीच जंगलमा रोकेर अपरिचित समूहले कुटपिट र लुटपाट गरेको थियो ।

लुटपाट गर्ने क्रममा उनीहरूले छुरी तथा घरेलु हतियार र लाठी समेत देखाएर कसैलाई भने ज्यान लिने धम्कि समेत दिएको अन्सारी दम्पतीले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले भने सडक निर्माण र मर्मतमा खटिएका केही युवामाथि आशंका उब्जिएको बताए । केही माथि सोधपुछ भइरहेको एसपी पाण्डेले जानकारी दिए ।

Published : Tuesday, 2019 June 11, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया