मन्त्री चढेको गाडी खोलामा डुब्यो, सकुशल उद्धार

पुतलीबजार । स्याङजा जिल्लामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी एउटा खोलामा डुबेर अड्किएको छ ।

सोमबार मन्त्री महासेठको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको हो । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको थियो ।

बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो ।

खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

पुलको शिलान्यास गर्न स्याङजा आएका मन्त्री महासेठलाई गाडीबाट तत्काल उद्धार गरिएको थियो ।

Published : Monday, 2019 June 10, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया