अभियानले देशभरि कांग्रेसको लहर आयोः रामहरि खतिवडा

भोजपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले देशभरि कांग्रेसको लहर आएको बताएका छन् ।

भोजपुर जिल्लामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समानपन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडा भोजपुर जिल्लासहित देशभरि नेपाली कांग्रेसप्रति लहर आएको बताए ।

‘अब नेपाली कांग्रेसले भोजपुरमा जित्ने कुरामा म विश्वास्त रहेको छु’, उनले भने, ‘भोजपुरमा मात्रै होइन दशभरि नै कांग्रेसको जनलहर आएको छ ।’

कसैको मनमा तिक्तता, नमिठो र गुट–उपगुट सबैको अन्त्य गर्दै अब एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

खतिवडाले हरेक वडा, नगर र जिल्लाको सभापतिहरू केन्द्रकै सभापति बराबरको हैसियातमा रहने गरेको बताए । ‘केन्द्रसँग धेरै सरोकार नगरी यहाँको संगठन कस्तो बनाउने ? के बनाउने सबै अधिकार आफैसँग छ’, उनले भने, ‘कांग्रेसको संगठनलाई आफ्नो घर, टोल, वडा, गाउँपालिका, नगरपालिका र जिल्लामा संगठन मजबुद बनाउनुपर्छ ।’

नेपाली कांग्रेसले जितेका सम्पूर्ण वडा, नगरपालिका र गाउँपालिकाहरूमा अरु पार्टीले जितेको भन्दा नमूना र फरक ढंगले आफ्नो ठाउँलाई उभ्याउनु आफैमा संगठन मजबुद हुनु रहेको उनले बताए ।

खड्गप्रसाद ओली पत्रकार, कलाकार, वकिल आदिसँग डराउने गरेको नेपाली कांग्रेसका युवा नेता खतिवडाले बताए । ‘निरंकुश शासकहरू पत्रकार, कलाकार, वकिलसँग डराउँछ’, उनले भने, ‘सक्छौ भने मलाई थुनेर देखाउ ।’

वैशाख २५ गतेदेखि एक साथ देशभरि शुरू भएको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियानको पहिलो चरणको कार्यक्रमलाई जेठ २५ गते शनिबार समापन गरिएको छ । कांग्रेसका युवा नेता खतिवडा भोजपुर जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका थिए ।

अभियानका क्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ सय ७ जना नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराएका छन् ।

Published : Saturday, 2019 June 8, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया