दुई एआइजी र २ डीआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा.देउती गुरूङ र ई. नवीन्द अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार प्रहरी हेडक्वाटरमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार मन्त्रिपरिषदको २०८१ वैशाख २७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रिस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

Published : Sunday, 2024 May 12, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया