कांग्रेसले हार्दा कम्युनिस्टहरूले जनताको अधिकार खोसेः रामहरि खतिवडा

भोजपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसले चुनाव हार्दा नेपाली जनताको अधिकार खोसिएको बताएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले कांग्रेसको नेतृत्वमा आएको अधिकार पनि गुम्ने खतरा बढ्दै गएको बताए ।

उनले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई दुई तिहाइको कम्युनिस्ट सरकारले असफल बनाउने गरेर गतिविधि गरिरहेको बताए ।

‘सम्पूर्ण हामी लोकतन्त्रप्रति आस्थावन नेपाली कांग्रेसको सिपाहीहरू अब लोकतन्त्र रक्षाको लागि हरेकले आफ्नो घर, टोल, वडा, गाउँपालिका, नगरपालिका र जिल्लामा संगठन मजबुद बनाउँदै अगाडि पर्ने बेला आएको छ’, उनले भने, ‘कांग्रेसले चुनाव हार्दा नेपाली जनताको अधिकार खोसिएको छ ।’

कम्युनिस्टहरूले जित्दा देशमा दिनदिनै बलत्कार हत्य, हिंसा र भ्रष्टचार बढेको खतिवडाले बताए । उनले भने, ‘यसको एउटै मात्रै समधान नेपाली कांग्रेसले जित्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले हरेक वडा र नगरका सभापतिहरू केन्द्रीय सभापति सरह अधिकार हुने गरेको भन्दै आफ्नो हैसियतलाई बुझ्न गाउँ, ईकाइ, क्षेत्र र जिल्ला सभापतिहरूलाई आग्रह गरे ।

‘हो यहाँको संगठन कस्तो बनाउने ? के बनाउने ? सबै अधिकार आफैसँग भएकोले कस्तो बनाउने भनेर आफैले निर्णय गर्नुस्’, उनले भने, ‘नेपाली कांग्रेसको संगठन बाहिरबाट अरु आएर कसैले बनाइदिँदैन । तपाई हामी मिलेर मजबुद बनाउने हो ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले देशमा महाभूकम्प आउँछ भन्ने एउटा ज्योतिषीलाई ढाँट्यो भनेर थुनेकोमा आपत्ति जनाए । उनले भने, ‘एउटा ज्योतिषीलाई थुनेर के गर्न खोजिएको हो । हिम्मत छ भने प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू मलाई थुनेर देखाउनुस् ।’

‘कांग्रेसले हार्दा गीत गाउन पनि पाइएको छैन । प्रेसले आफ्नो स्वतन्त्र रुपमा समाचार र बिचारहरू सम्प्रेषण गर्न पाएका छैनन्’, खतिवडाले भने, ‘जनताबाट निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी पनि महारानी भएर बस्नु भएको छ । उहाँले जनताको पक्षमा बोल्नेभन्दा पनि आफूले सुविधा बढाएर शीतल निवासमा मोज गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीको युरोप भ्रमाणको पनि कांग्रेसका युवा नेता खतिवडाले विरोध गरेका छन् । ‘प्रधानमन्त्री ओलीजी सीके राउतलाई लिएर युरोप जाँदै हुनुहन्छ रे’, उनले भने, ‘देश बिखण्डन गर्छु भनेर हिँडको बिखन्दकारी शक्तिसँग किन एकसाथ भ्रमाणमा जानुप¥यो ।’

Published : Friday, 2019 June 7, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया