चीनले पाँच सय नेपालीलाई देश निकाला गर्‍यो

काठमाडौं । हुम्ला जिल्लाबाट चीनको तिब्बतस्थित ताक्लाकोट गएका नेपाली कामदारमाथि चिनियाँ प्रहरीले धरपकड गरी फिर्ता पठाइदिएको छ ।

जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तीर्थ खडेरालाई चिनियाँ महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो ।

बैंक जान लागेकी महिलालाई रडले हानेर मारेकाले समातेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि चीनको ल्हासा लैजाने स्रोतले जनाएको छ ।

एक जना चिनियाँ महिलाको हत्यापछि चीनले हुम्लाका स्थानीयलाई चीन प्रवेशमा कडाइ गरेको छ ।

तीन सातामा झन्डै पाँच सय नेपालीलाई तिब्बतबाट नेपाल फिर्ता पठाइएको छ ।

चीनसँगको मैत्री सन्धीअनुसार सिमानादेखि ३० किलोमिटरसम्म दुबै देशका नागरिक पासका आधारमा आउजाउ गर्न सक्छन् ।

सोही पासको सदुपयोग गर्दै हुम्लावासी हरेक वर्ष ताक्लाकोटमा काम र व्यापार गर्न जान्छन् ।

जेठदेखि असोजसम्म मानसरोवर जाने सिजन हुन्छ । त्यो बेला ताक्लाकोटमा काम पाइन्छ ।

भवन निर्माणदेखि होटल पसलमा काम गर्न र व्यापार गर्न वर्षेनी ५–७ हजार नेपाली ताक्लाकोट जान्छन् ।

सिजनल काममा दैनिक ५ हजार रूपियाँसम्म कमाइ हुने भएकाले आम्दानीको राम्रो स्रोत थियो ।

Published : Thursday, 2019 June 6, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया