वाइड बडी र बालुवाटार जग्गा काण्डमा देउवाले दिए कम्युनिस्टहरूको होस उड्ने अभिव्यक्ति

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी काण्ड र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बिहान भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वाइड बडी खरिद र बालुवाटार काण्डमा ठूलो घोटाला भएको बताए । उनले अख्तियारले छानबिन गरी सार्वजनिक गर्नुपर्ने बताए ।

वाइड बडी खरिद प्रकरण र बालुवाटार जग्गा काण्डमा आफ्नो संलग्नता नभएको भन्दै देउवाले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए ।

उनले निरंकुशतातर्फ पाइला चालेको खड्गप्रसाद ओली नेतृत्वको सरकारलाई राणा र राजालाई जस्तै नागरिकले परास्त गर्ने बताए ।

नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली नेतृत्वको सरकारले गर्ने हरेक गल्ती र कमजोरीको एक–एक हिसाब किताब राख्ने बताए ।

Published : Sunday, 2019 June 2, 12:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया