संसदभित्रै नेकपाका सांसदको ज्यान जोखिममा, सुरक्षाको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले संसद भवनभित्रै आफू असुरक्षित रहेको भन्दै ज्यान जोगाइ पाउँ भनेका छन् ।

आइतबार बिहान संसदको बैठक शुरू हुनेवित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय लिएर नेकपाका सांसद अधिकारीले कुर्सीबाट आफू चार पटकसम्म लडेको बताए ।

संसदभित्र रहेको भाँच्चिएको कुर्सी हातमा लिएर देखाउँदै अधिकारीले भने, ‘ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो ।’

‘यहाँबाट लडको चार पटक भयो । त्यस कारणले यहाँ त छलफलै गर्नभन्दा पहिले अहिलेसम्म दुर्घटना भएको छैन । बच्या छ’, उनले भने, ‘तर यो कति पटक भन्नुपर्ने हो ? संसद सचिवालयलाई ।’

सांसद अधिकारीले भने, ‘कम्तिमा यस्ता कुर्सीहरू नराखियोस् आगामी दिनहरूमा । धराप भयो । धेरै गम्भीर आपत्तिको विषय भयो ।’

सांसद अधिकारीको कुरा सुनेपछि संसद भवनको बैठक कक्षमा रहेका सांसदहरू हाँसेका थिए । सभामुख महराले पनि हाँसो थाम्न सकेनन् । महरा पनि हाँसेका थिए ।

तत्कालै सभामुख महराले महासचिव मनोहर भट्टराईतर्फ संकेत गर्दै भाँच्चिएका कुर्सीहरू हटाएर अर्को व्यवस्था गर्न निर्देशन दिएका थिए ।

संसद सचिवालयका कर्मचारीहरूको अटेर गर्ने बानी र सांसदहरूले भनेका कुरा नटेर्ने भएका कारण नेकपाका सांसद अधिकारीले बाध्य भएर भाच्चिएको कुर्सीका बारेमा जानकारी गराउनु परेको हो ।

संसद सचिवालयभित्र कर्मचारीहरूका कारण धेरै अव्यवस्था भएको गुनासाहरू बेलाबेला आउने गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरको क्यान्टिन र पत्रकारहरूले समाचार लेख्ने मिडिया सेन्टरको अवस्था पनि त्यस्तै छ । मिडिया सेन्टरका कम्युनिस्टहरू तीन वटाभन्दा अरु चल्दैनन् ।

ती बिग्रिएका कम्युनिस्ट बनाउन पटक पटक आग्रह गर्दा पनि मर्मत सुधार भएका छैनन् ।

क्यान्टिनमा पनि भिआइपी र सर्वसाधारणका लागि खाने बस्ने व्यवस्था अलग अलग छ । भिआइपीहरूलाई सेवा सुविधा छिटो दिइन्छ । तर, सर्वसाधारणलाई सेवा र सुविधा दिन लापरवाही हुने गरेको छ ।

Published : Sunday, 2019 June 2, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया