कांग्रेस नेता डा.सिंहद्वारा राष्ट्रपतिको कार्यक्रम बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीबार बितरण गरिएको पद र प्रमाणपत्र बहिस्कार गरेका छन् ।

कांग्रेस नेता डा.सिंहले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट कुनै पदक वा सम्मान नलिने बताएका छन् ।

सांसद सिंहले राष्ट्रपति भण्डारी राष्ट्रप्रमुख जस्तो नभएको टिप्पणी गरेका छन् । ‘विद्या भण्डारीजी देशको राष्ट्रप्रमुख जस्तो हुनुहुन्न’, उनले भने, ‘नेकपाको राष्ट्रपति जस्तो हुनुहुन्छ ।’

कांग्रेसका सांसद सिंहले राष्ट्रपति कार्यालय नेकपाको जस्तो भएको पनि बताएका छन् । डा.सिंहले राष्ट्रपति भण्डारीकाे कायक्रम समेत बहिस्कार गरेकाे बताए ।

राष्ट्रपतिको व्यवहार र कार्यशैलीका कारण जनगणतन्त्र बदनाम भएको डा.सिंहले आरोप लगाएका छन् ।

उनले भने, ‘विद्या भण्डारीजीको ब्यवहार यस्तै रह्यो भने गणतन्त्र टिक्न पनि मुस्किल हुन्छ ।’

‘उहाँकै संरक्षणमा सेनाभित्र भ्रष्टाचार भएको समाचार पनि सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यस्ता व्यक्तिसँग पदक नलिने मात्र होइन, भेट्न पनि भेट्दिनँ ।’

राष्ट्रपति भण्डारीले बिहीबार वितरण गरेको पदक र प्रमाण पत्रलाई कांग्रेसका सांसद डा.सिंहले जस्तै धेरैले बहिस्कार गरेका छन् ।

Published : Friday, 2019 May 31, 8:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया