कम्युनिस्ट सरकारले सोँचेकै निर्णय कांग्रेसले गरिदियो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल रहेको जनाएको हो ।

कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कुनै पनि हालतमा बजेटको समर्थन नगर्ने बुझिसकेको थियो । कांग्रेसले सरकारको बजेटलाई समर्थन नगरेर बिरोध गरेपछि मन्त्रीहरूले कांग्रेसले प्रतिपक्षको धर्म निभाएको भनेर प्रतिक्रिया दिएका छन् ।

संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष कांग्रेसले निकालेको बताए ।

रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्नेभन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको खाँणले बताए ।

कांग्रेस सांसदहरूले बजेट वितरणमुखी भएको भन्दै यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने बताएका छन् ।

कांग्रेस संसदीय दलले सांसदहरूका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ ।

Published : Thursday, 2019 May 30, 6:56 pm

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारले सोँचेकै निर्णय कांग्रेसले गरिदियो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया