कम्युनिस्टहरूको कर्तुतमाथि गगन थापाद्वारा धावा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका कारण प्रजातन्त्र खतरामा पर्न थालेको टिप्पणी गरेका छन् ।

कांग्रेसको जागरण अभियान अन्तर्गत शनिबार काठमाडौंको क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनताबाट निर्वाचितहरूबाटै प्रजातन्त्रमाथि खतरण बढेको बताएका हुन् ।

‘प्रजातन्त्रलाई खतरा जनताबाट निर्वाचितबाट भएको छ’, उनले भने, ‘राज्यको सबै निकायलाई आफ्नो बसमा राखेर नियन्त्रण लिन खोजिदै छ ।’ कांग्रेसले प्रजातन्त्रको रक्षाका लागि सडकमा जान पनि तयार रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीलाई असीमित अधिकारसहित निरंकुश बन्ने रहर पलाएको बताए । ‘हाम्रा प्रधानमन्त्रीमा महाराजा बन्ने इच्छा पलाएको छ’, उनले भने, ‘दई तिहाइको दम्भले उहाँलाई ठूलो नोक्सान हुँदै छ । जनताले पनि दुःख पाउँदै छन् ।’

कम्युनिस्ट सरकारबाट जनताले जति अपेक्षा र आशा लिएका थिए त्यो सानो अंश पनि पूरा हुन नसकेको कांग्रेसका युवा नेता थापाले बताए । ‘यो सरकारबाट जनताले धेरै आशा लिएका थिए’, उनले भने, ‘जनताका कुरै सन्न नचाहने यो सरकार निरंकुश बन्दै गएको छ ।’

युवा नेता थापाले व्यवस्थाभित्र श्रेष्ठताको अन्योलता रहेको बताए । संघीयतालाई कमजोर पार्ने गरेर प्रधानमन्त्री ओलीले आफूलाई व्यवस्थाभित्र पनि श्रेष्ठताका साथ उभ्याएका कारण समस्या भएको बताए । उनले ओलीले संघीयतालाई कमजोर बनाएको आरोप लगाए ।

नेपाली कांग्रेसभित्रको विवादले पार्टीर्लाइ असर पु¥याएको थापाले बताए । ‘आफ्नो गल्तीहरूलाई मनन गरौँ’, उनले भने, ‘हामी आफै सच्चिउँ अनि कांग्रेस बलियो हुन्छ ।’ उनले कांग्रेसलाई सुधार गर्नका लागि कांग्रेसका नेताहरूको मतभेदलाई अन्त्य गर्नै पर्ने बताए ।

निरंकुश बन्दै गएका कम्युनिस्टहरूसँग लड्न नेपाली कांग्रेसभित्र एकता अनिवार्य रहेको थापाले बताए । ‘कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध प्रतिकारमा उत्रिने भनेको कांग्रेस मात्रै हो’, उनले भने, ‘पहिला हामी एकजट बनौँ । अनेक गुटउपगुटबाट मुक्त बनौँ ।’

Published : Saturday, 2019 May 25, 12:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया