भक्तपुरमा कांग्रेसले गरेको कार्यबाट कम्युनिस्टहरूलाई जलन

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा आयोजित सहभोजमा सहभागी भएर कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले आफैले खाना खाएको थाल पखालेका छन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा सँगै खाना खाएर महामन्त्री खड्कासहितका नेताहरूले दिवस मनाइएको हो ।

विपी कोइरालाले २००९ साल जेठ १० गतेदेखि थालनी गरिएको उक्त कार्यक्रम अनुसार नै शुक्रबार भक्तपुर कांग्रेसले दलित बस्तीमा सबै जात जातीका एकै स्थानमा भेला भएर एकै भान्सामा खाना खाँदै सहभोजको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री खड्काले वीपीले थालनी गरेको समता दिवसको दिनलाई निरन्तरता दिँदै सबै वीच समता एवं भाइचाराको लागि नै सहभोजको आयोजना गरिएको जानकारी दिए ।

सहभोजको आयोजनाले दलित र गैर दलितवीचको फाटोमा कमी ल्याउने दलित संघका अध्यक्ष रामरज मगरातीले बताए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा प्रत्येक वर्ष नै सहभोजको आयोजना गर्दै जातिय विभेदको अन्तका लागि काम गर्ने बताए । थापाले दलित समुदाय भनी विभिन्न लान्छाना लगाउनु गलत भएको बताए ।

‘सबै मानिस समान हौं कोही सानो र कोही ठुलो छैन भनी एकै भान्सामा खाना खाँदै मनाईने समता दिवस प्रत्यक बस्तीमा आयोजना गरिनुपर्छ’, उनले भने ।

सहभोजमा भक्तपुर जिल्लाका कांग्रेसका नेता कार्यकर्ता एवं विभिन्न जातीय संगठनका प्रतिनिधि, तरुण दलका प्रतिनिधि दलित समुदायका महिला बालबालिका जेष्ठ नागरिक युवा विद्यार्थी लगायत विभिन्न समुदायका सर्वसाधारणहरूको उपस्थिती रहेको थियो ।

दुई तिहाइको कम्युनिस्ट सरकार रहेका बेला नेपाली कांग्रेसले समाजमा रहेको जातीय विभेद हटाउन पार्टीभित्रैबाट अभियान चलाएको छ ।

कांग्रेसले चलाएको यो अभियानलाई कम्युनिस्टहरू खासै रुचाएका छैनन् । आफूभित्रैबाट केही सन्देश दिनुपर्ने भन्ने मान्यता राख्ने कांग्रेसका महामन्त्री खड्काले थाल धुँदै गरेको तस्वीरलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘अरिँगाल’हरूले आलोचना गरेका छन् ।

Published : Saturday, 2019 May 25, 7:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया