मोदी र शाहलाई देउवाले दिए बधाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाइ दिएका छन् ।

देउवाले बिहीबार साँझ विज्ञप्ति जारी गरेर भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा बधाइ दिएका हुन् ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

000

जेठ ९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष श्री अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ ।

नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति श्री देउवाले व्यक्त गर्नु भएको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई पठाउनु भएको पत्र

23 May 2019

His Excellency Mr. Narendra Modi

Prime Minister

The Government of India

New Delhi.

Excellency Shree Modi Ji,

I am pleased to know that your government and party achieved a huge success in the recently held Lok Sabha elections in India with an overwhelming majority of seats. This speaks of your visionary and dynamic leadership as well as your hard work and exemplary service to the people and government of India, including in your capacity as the Prime Minister.

On behalf of the Nepali Congress Party and on my own behalf, I would like to congratulate you for the second consecutive win in the world’s largest democracy.

I am confident that under your leadership of the Government of India, the relations between Nepal and India will further strengthen to new heights reflecting our age old ties and bonds of friendship.

Please accept, Excellency, the assurances of my highest consideration.

Sincerely yours,

Sher Bahadur Deuba

President, Nepali Congress Party

and former Prime Minister of Nepal

भारतीय जनता पार्टीका अध्यक्ष श्री अमित शाहलाई पठाउनु भएको पत्र

23 May 2019

His Excellency Mr. Amit Shah

President

Bharatiya Janata Party

New Delhi, India.

Honourable Shree Amit Shah Ji,

I have learnt with great pleasure the outcome of the successful conduct of the Lok Sabha elections, in which your party has won an overwhelming majority. This victory of the Bharatiya Janata Party under your able leadership and watch speaks of your great stewardship of the party and great campaign that you conducted in the elections. Together with Prime Minister Shree Narendra Modi Ji, you have steered the victory of your party through yet another resounding mandate and confidence of the people of India for the second consecutive term in the world’s largest democracy.

On behalf of the Nepali Congress Party and on my own behalf, I would like to congratulate you and the Bharatiya Janata Party for the massive win in the Lok Sabha elections.

I am confident that the relations between our two countries and our two parties will continue to grow further under your leadership of the Bharatiya Janata Party.

Please accept, Excellency, the assurances of my highest consideration.

Sincerely yours,

Sher Bahadur Deuba

President, Nepali Congress Party

and former Prime Minister of Nepal

Published : Thursday, 2019 May 23, 9:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया