सभापति देउवा उपचार गर्न सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

देउवाको पेटमा समस्या भएपछि उपचार गर्न बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।

पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सभापति देउवासँग पत्नी आरजु राणा पनि साथमा गएकी छिन् । उपचारपछि देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Thursday, 2019 May 23, 10:17 am

1 प्रतिकृया प्राप्त “सभापति देउवा उपचार गर्न सिंगापुर प्रस्थान”

  • स्रिघ्र स्वास्थ्य लाभको कामना सभापतिज्यु

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया