बाहिरियो सुष्मा महराको ‘धन्दा’, हाकिमहरूद्वारा छापा

काठमाडौं । ‘द काठमाडौं मल व्यपार संघ’बाट हटाइएकी अध्यक्ष सुष्मा महराले फेसियल हाउस (ब्यटी पार्लर)ले कर छली गरेको पुष्टि भएपछि जरिवाना गरिएको छ ।

काठमाडौं मलमा भ्रष्टाचार भयो भन्दै संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका न्यायिक निकाय र विभिन्न सञ्चारमाध्यममा मिडियावाजी गर्दै आएकी महराले सञ्चालन गरेको फेसियल हाउस नै कर छलीमा सक्रिय भएको पुष्टि भएको हो । महरा फेसियल हाउसकी सञ्चालिका हुन् ।

बाणिज्य विभागले काठमाडौं मलको चौथो तलामा रहेका महरासहितको फेसियल हाउस र व्युटी पार्लरहरूमा बुधबार छापा हानेर कर छली गर्नेहरूलाई कारबाही गरेको छ ।

बिभागका कर्मचारीहरूले पसलमा छापा हानेपछि महराले ‘यो फेसियल हाउस र ब्युटी पार्लर पत्रकारले चलाएको हो’ भनेर छापाहान्न आएका कर्मचारीहरूलाई धम्की दिन खोजेकी थिइन् ।

द काठमाडौं मलका व्यापारीहरूको गत शनिबार बसेको विशेष साधारण सभाले व्यापारीहरूको हकहितभन्दा आफ्नै व्यक्तिगत स्वार्थमा लागेर काठमाडौं मल, कर्मचारी सञ्चय कोष र व्यापारीहरूलाई ध्वस्त बनाउन लागेको ठहर शनिबारको व्यापारीहरूको विशेष भेलाले निष्कर्ष निकालेको थियो । भेलाले महरालाई अध्यक्ष पदबाट अपदस्थ गरेको थियो । भेलाले महरालाई अध्यक्षबाट हटाएर शिवप्रसाद ढकाललाई अध्यक्ष बनाएको थियो ।

विशेष साधारण सभाले अध्यक्षबाट हटाए पनि गैरकानूनी रुपमा महराले ‘म अध्यक्ष हुँ’भन्दै आएकी छिन् ।

महराको गतिविधिले गर्दा काठमाडौं मलमा रहेका सबै व्यूटी पार्लर र फेसियल हाउस चलाउने व्यापारीहरूको पसलमा कर कार्यालले छापा हानेको छ । महराविरुद्ध वाणिज्य विभागमा कर छली र नक्कली बिल काटेको उजुरी परेको थियो ।

भ्रष्टाचारविरुद्धको उजुरी गर्दै हिँड्ने महरा आफैले राज्यलाई कर छली गरेको पुष्टि भएपछि काठमाडौं मलका व्यापारीहरू चकित परेका छन् ।

सभामुख कृष्णबहादुर महरा र प्रहरीका उच्च अधिकारीहरूसँग ‘मेरो पारिवारिक सम्बन्ध छ’भन्दै धम्काउँदै आएकी महराले कर छली गरेको समाचार केही अगाडि दिन प्रमाणसहित सार्वजनिक गरेको थियो । विभागले महरासहितका अन्य फेसियल हाउस र ब्युटी पार्ललहरूमा छापाहानेर समाचारहरूलाई पुष्टि गरेको छ ।

अपदस्थ अध्यक्ष महराको फेसियल हाउस र ब्युटी पार्लरलाई अब प्यानमा दर्ता हुनुपर्ने बाध्यता भएको छ । महराले आफूलाई भ्याटमा दर्ता गराउँछिन् वा प्यानमा दर्ता गरेर ग्राहकलाई साधारण बिल दिइ कर छली गछिन् या गर्दिनन् आगामी दिनमा थाहा हुनेछ ।

आफ्ना कारणले फेसियल हाउस र ब्युटी पार्लरहरूमा विभागले छापा हानेपछि आत्तिएकी महराले निल डेभिडद्वारा सञ्चालनमा रहेको फेसियल हाउस र ब्युटी पार्लरलाई निशाना बनाउन थालेकी छिन् ।

विभागका कर्मचारीहरूले फेसियल हाउसकी सञ्चालिका महरासहितका व्यवसायीहरूलाई पत्र दिएर हाजिर हुन आदेश समेत दिएको छ ।

Published : Wednesday, 2019 May 22, 11:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया