राष्ट्रपतिले दिइन् पहिलो पटक ओली सरकारलाई झट्का, खटपट शुरू

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सरकारले बुधबार पठाएको विधेयक फिर्ता गरिदिएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तनाव बढाइदिएको छ ।

विधेयक फिर्ता भएपछि शीतल निवास र बालुवाटारबीच खटपट शुरू भएको चर्चा हुन थालेको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पनि खटपट भएको हो कि भनेर आशंक भएको छ ।

संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भएपनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनर्विचार गर्न फिर्ता पठाएकी हुन् ।

Published : Wednesday, 2019 May 22, 10:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया