नर्सहरूको माग पूरा गर्न कम्युनिस्ट सरकारलाई कांग्रेसको दवाव

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य सेवामा आबद्ध नर्सहरूको पेशागत हकहित, सुरक्षा एवं न्यूनतम सेवा सुविधाको माग पूरा गर्न आग्रह गरेको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर नर्सहरूले विभिन्न माग राखेर जारी राखेको आन्दोलनमा सरकारले बेवास्ता गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नर्सहरूको माग पूरा नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

‘गत वैशाख २७ गतेदेखि अनशनरत नर्सको माग हालसम्म पनि राज्यबाट सम्बोधन नभएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘अनशनको १४औं दिन वितिसक्दासम्म पनि अनशनरत जिता बरालको मागहरूलाई सरकारबाट सुनुवाई नहुनु दुःखद पक्ष हो’, विज्ञप्तिमा भनिएको छ, ‘अनशन बसेकी नर्सको स्वास्थ्य स्थिति दिनप्रति दिन विग्रदै गइरहेकोले उहाँको जीवन रक्षाको प्रमुख दायित्व राज्य पक्ष हो र यस विषयमा सरकार गम्भिर हुनु पर्दछ ।’

नेपाली कांग्रेसले सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी सम्वादको माध्यमबाट पेशागत हकहित र अधिकार सम्बन्धित सबै जायज माग पूरा गर्न वर्तमान सरकार समक्ष आग्रह गरेको छ ।

Published : Wednesday, 2019 May 22, 5:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया