हावाहुरीले नवलपुरमा उडायो घरहरू

नवलपुर । नवलपुर जिल्ला देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ ।

मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट शुरू भएको हावाहुरी र असिनाले २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ ।

देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।

बुधबार बिहान ९ बजेसम्मपनि असिना भुइमा देखिएको थियो ।

हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पु¥याएको योपहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ ।

सीतावास र मुण्डे क्षेत्र बढी प्रभावित छ । सीतावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए ।

प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।

Published : Wednesday, 2019 May 22, 10:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया