नेपाल्स चब्बी माडलको उपाधी रविनालाई

काठमाडौं । ‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन् । २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

शीर्ष बिजेता बन्दै उपहारमा स्कुटी हात पारेकी पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्‍याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात परेकी छिन् ।

मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनरअप चुनिए ।

चटौट ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ समेत घोषित हुँदा श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ परपोज’ उपाधि हात पारिन् । बिजेताले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउँने छन् ।

प्रतियोगिताको यो तेस्रो संकरण हो । संजिव झाँ, अमित झाँ, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए ।

आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हँुदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

Published : Wednesday, 2019 February 6, 4:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया